पत्रपत्रिका

एन्फाका नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दायर गरेको...

ओत संरक्षणका लागि सरोकारवालाहरुको योगदान आवश्यक

  • चन्द्रमणि अर्याल

सिकार गर्न पानीमा पौडने र बाँकी समय जमिनमा बस्ने विशिष्टिकृत जीवनशैली भएका अर्ध जलचर जीवको रुपमा ओतलाई चिनिन्छ । जीव जगतको मुस्टेलेडी परिवार अर्न्तगत पर्ने ओंतका विश्वभर १३ प्रजातिहरु अभिलेख गरिएका छन् । ती मध्ये एसियामा ५ र नेपालमा २ प्रजातिको ओतहरु पाइन्छन् ।

नेपालमा पाइने यी अर्ध जलचर मानवीय कारणले गर्दा लोप हुने अवस्थामा पुगेको छ । यो जीवको अध्ययन,अनुसन्धान र संरक्षणमा राज्यको ध्यान अझै पुग्न नसकेको पाउने सकिन्छ । संकटापन्न सूचीमा रहेका यी जीवको संरक्षणका लागि सरोकारवाला निकायले तत्काल पर्याप्त ध्यान दिन तथा ठोस कदम चाल्न जरुरी छ ।

वन्यजन्तु संरक्षण विभागका साथै नेपालको जैविक विविधता परियोजनाका (बीपीपी)ले नेपालमा खैरो, कालो र सानो गरेर ३ प्रकारको ओंत पाइने भनेर उल्लेख गरेपनि हालसम्म दुई वटा मात्रै पाइएका छन् । सानो ओंत कैलाली र कञ्चनपुर जिल्लामा पाइन्छन् भनेर बीपीपीमा उल्लेख गरिए पनि त्यो पुष्टि गर्ने पर्याप्त आधार अहिले सम्म भेटिएको छैन् । लामो समयदेखि ओंतको अनुसन्धान गर्दै आएका प्राध्यापक पारसमणि आचार्य पनि नेपालमा दुई प्रजातिको मात्रै ओंत पाइने बताउँछन् ।

विगतमा खैरो ओंत र कालो ओंत नेपालका विभिन्न ठााउममा अभिलेख गरिएको थियो । नेपालका प्रमुख नदीहरु र त्यसका सहायक नदीहरुमा खैरो ओत रहेको विश्वास गरिएपनि, नारायणी, बबई, कर्णाली तथा महाकाली नदीमा मात्रै खैरो ओत रहेको तथ्य पुष्टि भएको थियो । त्यसमध्ये नारायणी नदिमा सन् २००८ सम्म अभिलेख गरिएकोमा त्यसपछि त्यस स्थानमा उनीहरु भएको पुष्टि गर्ने आधार भेटिएका छैनन् । निरन्तर रुपमा त्यस क्षेत्रमा अनुसन्धान गर्दै आएका प्राध्यापक आचार्य खैरो ओत चितवन राष्ट्रिय निकुञ्जमा लोप भईसकेको र त्यसको कारण खोजी गर्नुपर्ने बताउँछन् । बबई,कर्णाली तथा महाकाली नदीमा पनि अवस्था त्यति उत्साहप्रद छैनन् । मानवीय गतिविधि विषेशतः नदीजन्य पदार्थहरुको उत्खनन् बढ्दै जाँदा ओंतको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।

कालो ओंतको अवस्था पनि त्यति सुखद छैन् । सन् १९९८ मा पश्चिम सेती जलविद्युत आयोजनाको निमार्णका लागि गरिएको वातावणीाय प्रभाव मूल्याङ्कन गर्ने क्रममा वन्यजन्तुविद स्व. प्रल्हाद योञ्जनले कालो ओंतको अभिलेख गरेका थिए । पहाडी क्षेत्रहरुमा अन्य ठाउँमा कालो ओंत रहेको विश्वास गरिएता पनि यकिन रुपले यहाँ यहाँ पाइन्छ भनेर भन्न सकिने अवस्था छैन् । सन् १९९० को दशकमा पोखराको रुपा र बेगनाश ताल क्षेत्र वरपर कालो ओंतको अभिलेख गरिएको थियो । पछिल्ला अध्ययनले त्यस क्षेत्रमा ओंतहरु भएको पुष्टी गर्न सकेका छैनन् । प्राध्यापक आचार्य पोखरा क्षेत्र वरपरबाट ओंत लोप भइसकेको बताउँछन् ।

यसरी विभिन्न ठााउहरुबाट ओंतहरु लोप हुनुमा सबैभन्दा बढी मानविय गतिविधिहरु प्रमुख रुपमा जिम्मेवार छन् । नदिनालाबाट वैध/अवैध रुपमा गरिने ढुगां, गिट्टी, बालुवाहरुको उत्खनन, खोलाको छेउछाउ बाट निर्माण गरिने बाटो (करिडोर)को विस्तार, नदी संरक्षणका नाममा गरिने तटबन्धको निर्माणका कारण ओंतको बासस्थान विनाश भइरहेको छ ।

यसका साथै ताल तथा तलैयाहरुमा गरिने माछा पालन, खेतिपातिमा प्रयोग गरिने रसायनिक मल तथा विषाधीहरुको प्रयोग तथा औद्योगिक क्षेत्रबाट हुने प्रदुषणका कारण ओंतको अस्तित्व संकटमा परेको छ । मानविय गतिविधि मध्ये अवैध चोरी शिकार ओंत लोप हुनुको प्रमुख कारण हो । ओंतहरुलाई लोप हुन नदिन तत्काल यी समस्याहरु तथ्यमा आधारित भएर समाधान गर्न जरुरी छ र यसका लागि ओंतको विविध आयममा अनुसन्धान गर्नु पर्ने देखिन्छ ।

पछिल्ला दिनहरुमा स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुले ओंतको परिस्थीतिक अवस्था बारे अनुसन्धान गर्ने क्रम बढेको छ । तर स्रोतका अभावका कारण ती अनुसन्धानहरु संरक्षणमा अपेक्षाकृत टेवा दिन सकेका छैनन् । ओतहरु रातको समयमा बढीइ सक्रिय रहन्छन् । साथै उनीहरु पाखे ओंत पनि भनिने निर बिरालो र गंगटे न्याउरी मुसासँग झुक्किन्छन् । धेरै जसो अनुसन्धान स्थानीय व्यक्तिहरुसँग सोध्ने विधिमा सिमित रहेकाले परिष्कृत उपायहरु अवलम्बन गरी अनुसन्धान गर्नु टड्कारो आवश्यक छ ।

अनुसन्धानका आधारमा प्राप्त जानकारीका आधारमा ओंत संरक्षण कार्ययोजना बनाएर कार्यन्वयन गर्न ढिला गर्न हुदैन । विगतमा अन्य जीवहरुको पनि संरक्षण कार्ययोजनाहरु निर्माण गरिएका छन् । तर धेरैजसो कार्ययोजनाहरु सतही रुपमा बनाइएका कारण ती प्रभावकारी हुन सकेका छैनन् । त्यसैले कार्ययोजना निर्माण पुर्व उनीहरुको सम्भावित बासस्थान, आनिबानी र मानवसँगको सम्बन्ध बारेको पर्याप्त अध्ययन अनुसन्धान हुन जरुरी छ ।

सफा पानीको वरपर बस्ने भएकाले ओंतले वातावरणीय सूचकका रुपमा कार्य गर्ने गर्दछन् । साथै परिस्थितिक प्रणालीको मध्य भागमा रहने ओंत जस्ता जिवहरुले ती प्रणालीहरुमा सन्तुलन कायम गर्न विशिष्ट भूमिका निर्वाह गर्दछन् । उनीहरु हराएर जाँदा परिस्थितिक प्रणाली हुँदै अन्त्यमा मानव सभ्यता माथि नै खतरा उत्पन्न हुन्छ । त्यसैले उनीहरुको अध्ययन र संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ ।
-वातावरण अध्ययन तथा संरक्षण केन्द्र आबद्ध अर्याल अनुसन्धानकर्मी हुन् ।

  •  
    509
    Shares
  • 509
  •  
ताजा समाचारका लागि हाम्रो पेज लाइक गर्न सक्नुहुनेछ ।
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

एन्फाका नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।...

विदेशमा सङ्क्रमित नेपालीमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त

विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले...

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

साझा पार्टीबाट बाहिरिए सूर्यराज आचार्य र मुमाराम खनाल

काठमाडौं – साझा पार्टीबाट डा.सूर्यराज आचार्य र मुमाराम खनाल बाहिरिएका छन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले आचार्य र खनाललाई बिदा गर्ने...

अमूक बिचौलियाको हितमा काम नगर्न योगेशको निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास...
- Advertisement -

थप समाचार शीर्षक

- Advertisement -
  •  
    509
    Shares
  • 509
  •